सन् २०२० सम्म बोलिभिया यसरी बन्दैछ खाद्य उत्पादनमा आत्मनिर्भर
फस्टाउँदो स्थानीय अर्थतन्त्रको प्रवर्द्धन र खाद्य सुरक्षा सुनिश्चित गर्दै जलवायु परिवर्तनको समाधान गर्न सकिएला?
सेप्टेम्बर २०१५ बाट सुरू भएको संयुक्त राष्ट्र....
फस्टाउँदो स्थानीय अर्थतन्त्रको प्रवर्द्धन र खाद्य सुरक्षा सुनिश्चित गर्दै जलवायु परिवर्तनको समाधान गर्न सकिएला?
सेप्टेम्बर २०१५ बाट सुरू भएको संयुक्त राष्ट्र संघले नेतृत्व गरेको २०३० एजेन्डा फर सस्टेनेबल डिभेलप्मेन्ट अनुसार यी मुद्दाहरूमा उल्लेखनीय प्रगति हात पार्न थप १५ वर्ष लाग्ने विश्वास थियो। तर बोलिभियाले भने तीव्र गतिमा लक्ष्य प्राप्त गर्ने देखिन्छ।
खाद्य उत्पादनका लागि साना तथा मझौला कृषकलाई सहयोग गर्न बोलिभिया सरकारले हालै मात्र चार करोड अमेरिकी डलर लगानी गरेको छ। ग्रामिण विकास तथा कृषि सहायक मन्त्री मारिसोल सोलानोले देशमा २० वटा खाद्य सुरक्षा परियोजना सुरू भइसको बताए।
त्यसमा सरकारले पशुपलान र माछापालनलाई सहयोग गरेको छ। त्यसबाहेक आलु, टमाटर, गहुँ, तरकारी, कफीजस्ता बालीको उत्पादन बढाउन पनि सरकारले आर्थिक सहयोग गरेको छ।
स्थानीयहरूको क्षमता अभिवृद्धि गरेर बोलिभिया सन् २०२० सम्म पूर्णतया आत्मनिर्भर बन्न चाहन्छ। बोलिभियाले सन् २०१४ देखि खाद्य उत्पादनमा २५ प्रतिशत वृद्धि गरेको गरेको छ। आउने वर्ष पनि यो वृद्धि दर कायम राख्ने देशको लक्ष्य छ। त्यसै कारण पनि यो महत्वाकांक्षी लक्ष्य पूरा गर्न बोलिभियालाई खासै गाह्रो नहोला।
आयात घटाउने वा रोकेर स्थानीय कृषकको जीविकोपार्जन र व्यवसायमा सुधार ल्याउन सहयोग गर्ने मात्रै नभएर यसले उत्सर्जन पनि कटौती गर्नेछ। बेरोजगारी, भोकमरी र गरिबीजस्ता विश्वव्यापी मुद्दा पनि यसले समाधान गर्नेछ।
आउने पाँच वर्षमा बोलिभियाले पूर्ण खाद्य आत्मनिर्भरता प्राप्त गर्ला नगर्ला, निश्चित छैन। तर के निश्चित छ भने, सबै देशका सरकारले बोलिभियाजस्तै स्थानीयको विद्यमान क्षमता अभिवृद्धि गर्ने हो भने अहिले विश्व विकासका मुद्दाबारे बेग्लै संवाद भइरहेको हुने थियो।