खानेपानी परियोजना हस्तान्तरण
विराटनगर, फागुन ९ : मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण भएको छ ।अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड...
विराटनगर, फागुन ९ : मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण भएको छ ।
अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब रु छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो । विद्यालयका विद्यार्थीलाई खानेपानी पिउन परियोजनाले धेरै मद्दत गर्ने परियोजनाका निर्देशक इलियास हसन चौधरीले जानकारी दिए।
रतुवामाई नगर प्रमुख रविन राईले परियोजनाबाट तयार भएको प्लान्टले विद्यार्थी र विद्यालयका कर्मचारीलाई खानेपानीको सुविधा पुगेको बताए । उनले पछिल्लो समयमा मानिसले जारको पानी खाने प्रचलन बढिरहेको अवस्थामा परियोजनाबाट तयर गरिएको प्लान्टबाट शुद्ध खानेपानी विद्यार्थीले पिउन पाउनाले खुसी व्यक्त गरे।
प्रकाशित मिति: १०:४४ बजे, सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












