Kathmandu Press

चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन

बैतडी, फागुन ९ : चन्दा सङ्कलन गरेर मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा...
चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन

बैतडी, फागुन ९ : चन्दा सङ्कलन गरेर मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा ल्याइएको हो  । 

स्वैच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सो सस्थाका सचिव दशरथसिंह नायकले जानकारीदिनुभयो । उनले भने, ‘अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम सङ्कलन गर्न सफल भएका छौँ । देश तथा विदेशबाट उठेको रकमबाट तथा सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको हौँ ।’

Hardik ivf

विसं २०७७ चैतबाट थालिएको अभियानमार्फत रु १३ लाख ८० हजार सङ्कलन भएको र रु १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको हो । बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सस्थाले जनाएको छ ।    

मेलौलीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि खुसी लागेको स्थानीय रुवी नायकले बताइन् । उनले भनिन्, ‘आपत्को घडीमा सवारी नपाउने अवस्था रहेकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सजिलो हुन्छ ।’

एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै मेलौली नगर प्रमुख कृष्णसिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाइटी नेपालले खेलेको भूमिका र सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालन उदाहरणीय काम भएको बताए । उनले भने, ‘यो निकै सराहनीय काम हो, यसले समाज सेवा गर्न प्रेरितसमेत गर्छ ।’ एम्बुलेन्स सेवा सञ्चालन अभियानले ग्रामीण भेगका सबै जनतालाई सहज हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: १०:१७ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्