Kathmandu Press

राप्रपा नेपालले बनायाे स्थानीय तह निर्वाचन परिचालन समिति

काठमाडौं, फागुन ८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ।पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज (आइतबार)...
राप्रपा नेपालले बनायाे स्थानीय तह निर्वाचन परिचालन समिति

काठमाडौं, फागुन ८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय समिति बैठकले सुशीलकुमार श्रेष्ठको संयोजकत्वमा स्थानीय तहको निर्वाचन तयारीका लागि १५ सदस्यीय समिति गठन गरेको हो। 

समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम, इर्साद आलम, ईश्वर श्रेष्ठ, ललित जोशी,  सुशीला गिरी, शिवकुमार बाँस्तोला,  श्यामबहादुर खत्री, सुजन अधिकारी, दिनेशचन्द्र गुप्ता, चेतनाथ थापा, राजु नापित, दुर्योधन निरौला र  उज्वल पोखरेल रहेका छन्। 

बैठकले सुरेश आचार्यको संयोजकत्वमा माधव खत्री,  ममता राई, होमभक्त कुुरुम्वाङ,  रमेश राज पन्त,  शशिरंजन यादव र रामचन्द्र बाँनिया रहनेगरी सात सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति पनि बनाएको छ।

त्यसैगरी डा. विष्णु भण्डारीको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्