Kathmandu Press

सबै दललाई चुनाव चिन्ह दिन मंगाेल नेसनलकाे माग

काठमाडाैं, फागुन ८ : मंगाेल नेसनल अर्गनाइजेसनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन...
सबै दललाई चुनाव चिन्ह दिन मंगाेल नेसनलकाे माग

काठमाडाैं, फागुन ८ : मंगाेल नेसनल अर्गनाइजेसनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन्।

‘विभेद्कारी कानुन संशोधन गर, महामानव डा गोपाल गुुरुङ अमर रहुन, स्थानीय चुनावमा सबै दललाई चुनाव चिन्ह प्रदान गर’ लगायतका नारा लेखिएको प्ले कार्डसहित चन्द्रगढीस्थित ट्रेड युनियन चोकबाट निकालिएको  र्‍यालीले निर्वाचन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन्।

Hardik ivf

संगठनकी अध्यक्ष बानिरा मेचेले हस्ताक्षर गरेको ज्ञापनपत्रमा निर्वाचन आयोगमा दर्ता भई सम्पूर्ण प्रक्रिया पूरा गरिसक्दा पनि आसन्न स्थानीय तहको निर्वाचनमा थ्रेसहोल्ड लागू गरिएको र सोही अनुरुप स्थानीय निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ अनुसार चुनाव चिन्ह नदिनु भनेको लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको उल्लेख छ।

जनताले चाहेको दल र चुनाव चिन्ह रोज्न पाउने लोकतान्त्रिक अधिकारलाई मान्यता दिइनुपर्नेसमेत ज्ञपनपत्रमा उल्लेख छ।

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्