काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण
काठमाडौं, फागुन ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ८०, ललतिपुरमा १२ र भक्तपुरमा...
काठमाडौं, फागुन ८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ८०, ललतिपुरमा १२ र भक्तपुरमा १ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर भने कुल २६२ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा कुल ५ हजार ७६७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा २ हजार ८९४, ललितपुरमा १ हजार ४६७ र भक्तपुरमा ४४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार देशभर १२ हजार २४४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०८ बजे, आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)
