एमसिसीविरुद्धको प्रदर्शनमा अखिल क्रान्तिकारीकी अध्यक्षसहित दर्जनौं घाइते
काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सहित दर्जनौं विद्यार्थी नेता घाइते भएका छन्। एमसिसी विरुद्ध नयाँ बानेश्वरस्थित...
काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सहित दर्जनौं विद्यार्थी नेता घाइते भएका छन्।
एमसिसी विरुद्ध नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहित विद्यार्थी नेताहरु घाइते भएका हुन्।
सिंहको खुट्टा र टाउकोमा चोट लागेपछि बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको छ। सिंहसहित अखिल क्रान्तिकारीका नेता केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत घाइते भएका छन्।
प्रकाशित मिति: १६:१२ बजे, आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)
