Kathmandu Press

एमिससीबारे संसदमा व्यापक छलफल गरेर संशाेधन गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडाैं, फागुन ८ : सहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेत्री राकुमारी झाँक्रीले पार्टीले एमसिसी सदनमा टेबुल भएकाे र अब त्यसबारे व्यापक छलफल गरेर...
एमिससीबारे संसदमा व्यापक छलफल गरेर संशाेधन गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडाैं, फागुन ८ : सहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेत्री राकुमारी झाँक्रीले पार्टीले एमसिसी सदनमा टेबुल भएकाे र अब त्यसबारे व्यापक छलफल गरेर संशाेधन गर्नुपर्ने बताएकी छन्।

संसद् बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले एमसिसी टेबुल गर्न दिने पार्टीकाे निर्णय भएबमोजिम नै आफूहरू संसदमा प्रस्तुत भएको उनले बताइन्।

Hardik ivf

उनले एमसिसी टेबुल यथास्थितिमा भने यो अनुदान सम्झौता पारित गर्न नसकिने बताइन्। पार्टीले पनि त्यस्तै  निर्णय गरेको उनले स्पष्ट पारिन्। उनले अमेरिका र नेपालका बीचमा एमसिसीको सम्झौता संशोधन गर्ने गुन्जायस भएन भने संशोधन गर्ने अर्को थलो भनेको संसद भएको उनले बताए। 

संसदमा एमसिसीबारे व्यापक छलफल हुनुपर्ने र जनतालाई सही सूचना दिनुपर्नेमा उनले जोड दिइन्। संकल्प प्रस्ताव ल्याएर हुन्छ कि के गरेर हुन्छ एमसिसीमा भएका केही विषयमा संशोधन गर्नु जरुरी रहेको उनले बताइन्।  

सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी उनले गरिन्। संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले भने विरोध जनाएको थिए। 

        

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्