रक्षामन्त्रीको चेतावनी- जनताले मिल्काइसकेको राजतन्त्र फर्काउन नसल्बलाए हुन्छ
भद्रपुर, असोज ३ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन्।
नेप....
भद्रपुर, असोज ३ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजतन्त्र ब्यूँताउने सपना देखेर नसल्बलाउन चेतावनी दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले शुक्रबार विर्तामोडमा आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले जनताले मिल्काइसकेको राजतन्त्र कहिल्यै नब्युँतिने र त्यो ब्यूँत्याउने सपना नदेख्न पनि चेतावनी दिए।
‘जनताको बलिदान र त्यागले प्राप्त नेपालको संविधान विश्वकै उत्कृष्ट छ’, रक्षामन्त्री पोखरेलले भने,‘मिल्काइसकेको राजतन्त्रको सपना देखेर अब कोही नसल्बलाए हुन्छ।’ पोखरेलले जनताबाट निर्वाचित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए।
उनले भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पारे। ‘भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन,’ उनले भने।






