Kathmandu Press

भक्तपुरमा टिप्परको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु 

भक्तपुर, फागुन ८ :  भक्तपुरमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–८ मा शनिबार साँझ टिप्परले ठक्कर दिँदा काभ्रेको महाभारत गाउँपालिका–२ घर...
भक्तपुरमा टिप्परको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु 

भक्तपुर, फागुन ८ :  भक्तपुरमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ। 

जिल्लाको चाँगुनारायण नगरपालिका–८ मा शनिबार साँझ टिप्परले ठक्कर दिँदा काभ्रेको महाभारत गाउँपालिका–२ घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएकी विनिताको मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

बालिकालाई ठक्कर दिने टिप्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति: १०:५५ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्