Kathmandu Press

स्वार्थ पूरा गर्न संविधानलाई दोष देखाउनु गलत : रवीन्द्र मिश्र

गोरखा, असोज ३ : साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टीको राजनीतिक स्वार्थ पूरा गर्न नयाँ संविधानलाई दोष देखाउँदै हिँड्न नहु....

स्वार्थ पूरा गर्न संविधानलाई दोष देखाउनु गलत : रवीन्द्र मिश्र

गोरखा, असोज ३ : साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टीको राजनीतिक स्वार्थ पूरा गर्न नयाँ संविधानलाई दोष देखाउँदै हिँड्न नहुने बताएका छन्।

गोरखा सदरमुकाममा शुक्रबार आयोजित पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा संयोजक मिश्रले अहिले जसले संविधान लेखेको उसैले विरोध गर्दै हिँड्ने गरेको बताए। ‘नयाँ संविधान लेख्नेहरु मध्ये केहीले भोलिपल्टदेखि नै विरोध गर्न थाल्नुभयो’, उनले भने,‘संविधानले काम गर्न थालेको बल्ल चार वर्ष भयो, आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि संविधानलाई दोष देखाउनु गलत हो।’

 संविधान घोषणा भएपछि त्यसको कार्यान्वयन जसरी प्रभावकारी ढङ्गबाट हुनुपर्ने हो त्यो हुन नसकेको संयोजक मिश्रले बताए। राजनीतिक पार्टी तपसिलका विषयमा अल्झिएर बसेकाले अहिले जनताका आकांक्षाअनुसार संविधानको कार्यान्वयन अघि बढ्न नसकेको उनको भनाइ थियो।

मिश्रले अब संविधान भत्काउनेतर्फ नभई संविधानभित्र भएका कमीकमजोरीलाई सच्याउदै लैजानुपर्ने बताए। संयोजक मिश्रले अब पनि बारम्बार संविधानको विरोध गर्दै सडक आन्दोलन गरेर कुनै पनि दलले नेपाली जनताको विकास र समृद्धिको मुद्दालाई ओझेल पार्न नहुने बताए।
 

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, असोज ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्