Kathmandu Press

भोटेचौरमा पर्यटन पूर्वाधार बनाउन काठमाडौंले लगानी गर्ने सहमति

सिन्धुपाल्चोक, फागुन ८ : मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले...
भोटेचौरमा पर्यटन पूर्वाधार बनाउन काठमाडौंले लगानी गर्ने सहमति

सिन्धुपाल्चोक, फागुन ८ : मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ।

काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची–१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ। महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत बजेटअन्तर्गत नगर साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणमा सहयोग गरेको थियो।

Hardik ivf

उद्यान निर्माण गर्न सम्झौता गरेको एक करोड ५० लाख अनुदान मेलम्ची–१ भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए।

मेलम्ची बाढीले प्राविधिकरूपमा सम्झौताअनुसार कार्य गर्न सम्भावना नभएकाले मेलम्चीको आग्रहअनुसार भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरिएको उनले जानकारी दिए।

१६ करोड अनुमानित लागतमा पर्यटकीयस्थल भोटेचौरमा विभिन्न स्थानमा उद्यान, खाल्टे–ठूलो ढुङ्गा तथा केदार मन्दिरबाट पातल गुफा पैदलमार्ग, सवारी पार्क, ठाउँ–ठाउँमा बुद्ध, शिवमूर्ति राखिने, तपचुली डाँडा सिँढी तथा भ्यूटावरलगायत चिया बगानमा उद्यान पातल गुफासम्म पदमार्ग र गुफा व्यवस्थापनलगायतका काम हुने मेलम्ची नगरपालिका–१ का वडाध्यक्ष कृष्ण चौलागाईँले जानकारी दिए।

मेलम्चीको आग्रहनुसार महानगरपालिकाले निर्णय गरी भोटेचौर एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रस्तावित ‘डिजाइन स्पेसिफीकेशन’ र लागतअनुसार निर्माणकार्यमा खर्च गर्न सहमति प्रदान गरेको हो। ती दुई स्थानीय तहका बीच विसं २०७७ पुसमा भगिनी सम्बन्ध स्थापना भएको थियो। (रासस)

प्रकाशित मिति: ०८:२९ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्