Kathmandu Press

फेरि वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं, फागुन ८ : जल तथा मौसम विज्ञान विभागले फेरि पश्चिमी न्यून प्रणालीको प्रभाव परेकाले देशका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको...
फेरि वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं, फागुन ८ : जल तथा मौसम विज्ञान विभागले फेरि पश्चिमी न्यून प्रणालीको प्रभाव परेकाले देशका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आगामी तीन दिन पश्चिमी न्यून प्रणालीको प्रभाव रहने भएको छ। यसको प्रभावले पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु र कुहिरो  लागेको छ।

आज दिउसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ।

सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाको आकलन छ।

मंगलबार दिउसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्