Kathmandu Press

निर्वाचन नराउन महाअभियोग प्रस्ताव दर्ता गरिएको आरोप

सर्लाही, फागुन ७ : नेकपा(एमाले)का महासचिव शङ्कर पोख्रेलले शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन। एमाले सर्लाहीको...
निर्वाचन नराउन महाअभियोग प्रस्ताव दर्ता गरिएको आरोप

सर्लाही, फागुन ७ : नेकपा(एमाले)का महासचिव शङ्कर पोख्रेलले शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन। एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटनका लागि सर्लाही आएका महासचिव पोख्रेलले एमालेको दबाबका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गरे।

एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको समयमा एमालेको दबाबमा वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिए। महासचिव पोख्रेलले मधेशमा  कम्युनिष्ट पार्टी चिनाउने काम नेकपा (एमाले)ले गरेको दाबी गरे। उनले अघिल्लो निर्वाचनमा तत्कालीन प्रदेश नं २ अहिलेको मधेस प्रदेशमा निर्वाचनको प्रचार–प्रसार गर्न नपाउँदा पनि आफूहरूले ४० प्रतिशत स्थानीय निकायमा जित हासिल गरेको भन्दै आगामी निर्वाचनमा मधेस प्रदेशमा एमालेले बहुमत ल्याउने दाबी गरे।

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्