Kathmandu Press

भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा

भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा
Hardik ivf

बागमती, फागुन ७ : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० कैदीबन्दीको आज सजाय मिनाहा भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरिका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई  आममाफी दिने कार्यअन्तर्गत भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा भएको बताइएको छ। भीमफेदी कारागारका निमित्त प्रमुख जेलर केदारप्रसाद सापकोटाका अनुसार सजाय मिनाहा भएका १० कैदीबन्दी आज रिहा भएर आ–आफ्नो घर फर्किसकेको बताए।

सजाय मिनाहा भएकामध्ये आठ जना नेपालका र दुई भारतका छन्। रिहा भएकामध्ये भारतका दुई, मकवानपुरका पाँच, सिन्धुलीका एक, उदयपुरका एक र सुनसरीका एक जना रहेका छन्। सजाय मिनाहा पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका तीन र डाँका तथा ज्यान मार्ने उद्योगका एक/एक जना रहेको  निमित्त प्रमुख जेलर  सापकोटाले बताए।

प्रकाशित मिति: १८:३३ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्