Kathmandu Press

बागलुङमा चितुवाको उद्धार

बागलुङ, फागुन ७ : बागलुङ नगरपालिका-३ पाखाथरमा आज बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ। अन्दाजी डेढ वर्षको उक्त चितुवालाई...
बागलुङमा चितुवाको उद्धार

बागलुङ, फागुन ७ : बागलुङ नगरपालिका-३ पाखाथरमा आज बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ। 

अन्दाजी डेढ वर्षको उक्त चितुवालाई कार्यालयमा रहेको खोरमा राखी रेखदेख र परीक्षण थालिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए। 

‘चितुवाको अवस्था गम्भीर नै छ, विष खाएर बेहोस भएजस्तो देखिन्छ,’ उनले भने, ‘भोलिसम्म राखेर हेर्छौं, नत्र थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुन्छ।’ 

बिरामी भएर बाटामा लडेका अवस्थामा देखेपछि स्थानीयवासीले कार्यालयलाई खबर गरेका थिए। कार्यालयका कर्मचारी र प्रहरीले त्यसको उद्धार गरेका थिए। उपचारबाट निको भए चितुवालाई जंगलमा लगेर छाडिने कार्यालयले जनाएको छ।  

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्