Kathmandu Press

कुशलको शतकमा फिलिपिन्सलाई नेपालले दियो विशाल लक्ष्य

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो।
कुशलको शतकमा फिलिपिन्सलाई नेपालले दियो विशाल लक्ष्य

काठमाडाैं, फागुन ७ : ओमानम जारी टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले फिलिपिन्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।

ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेपछि नेपालले फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो।

यो क्रममा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गर्दै नटआउट १०४ रन बनाए। योसँगै उनी टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्।

यसअघि पूर्वकप्तान द्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए। कुशलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान पनि बराबरी गरेका छन्।

कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले ८३ रनको उत्कृष्ट इनिङ खेले। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

ओमानका ड्यानियल स्मिथ, मिकी पोडोस्की र गुर्भुपिन्दर चौहानले समान १ विकेट लिए।

प्रकाशित मिति: १३:४८ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्