Kathmandu Press

माछा बोक्ने गाडीबाट १२६ किलो गाँजा बरामद, दुईजना पक्राउ

सर्लाही, फागुन ७ : सर्लाहीमा माछा बोक्ने गाडीबाट १ सय २६ किलो गाँजा बरामद गरेको छ।लालबन्दी नगरपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र...
माछा बोक्ने गाडीबाट १२६ किलो गाँजा बरामद, दुईजना पक्राउ

सर्लाही, फागुन ७ : सर्लाहीमा माछा बोक्ने गाडीबाट १ सय २६ किलो गाँजा बरामद गरेको छ।

लालबन्दी नगरपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट आज (शनिबार) बिहान सो परिमाणको गाँजा बरामद पक्राउ गरेको हो।

उक्त गाँजा बोक्ने गाडीका चालक र त्यसमा सवार एक गरी दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

पक्राउ पर्ने चालक धादिङको सिद्धलेक गाउँपालिका–६ बस्ने २२ वर्षीय सुरेन्द्र विक, गाडीमा सवार  र्का एक जना मकवानपुरको कैलाश गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुका साथबाट ८५ हजार रुपैयाँ पनि बरामद गरिएको छ।

प्रकाशित मिति: १३:२० बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्