Kathmandu Press

हरिवन सर्लाहीकै उत्कृष्ट नगरपालिका

सर्लाही, फागुन ७ : सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।नगर विकास कोषले आफ्नो ३४औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको...
हरिवन सर्लाहीकै उत्कृष्ट नगरपालिका

सर्लाही, फागुन ७ : सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।

नगर विकास कोषले आफ्नो ३४औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्र प्रदान गरेकी हुन्।

Hardik ivf

उक्त कोषको लगानीमा हरिवन नगरपालिका-११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथै अन्य योजना पनि सञ्चालनमा रहेका नगरप्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिए।

यसअघि उक्त कोषको ३३औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको थियो। कोषले लगानी गरेका योजनाको अनुगमन गरी सफल कार्यक्रम सञ्चालन गरिएका आधारमा मूल्याङकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ।

प्रकाशित मिति: १२:२७ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्