Kathmandu Press

फरार रहेका २६० अभियुक्त पक्राउ

चितवन, माघ ७ : अदालतले फैसला गरेर फरार रहेका २६० जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय...
फरार रहेका २६० अभियुक्त पक्राउ

चितवन, फागुन ७ : अदालतले फैसला गरेर फरार रहेका २६० जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको छ।

Hardik ivf

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका रहेका छन् । यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसुर र लागुऔषध मुद्दामा  उनीहरुलाई पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका क्रममा कार्यालयले पक्राउ परेका उनीहरुबाट ८७ वर्ष आठ महिना, २३ दिन कैद सजाय र रु  एक करोड ३४ लाख १६ हजार  १७९ जरिवानासमेत असुली गरेको छ ।

प्रकाशित मिति: १०:२१ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्