Kathmandu Press

कमल थापाले राप्रपा नेपालको घोषणा गर्दै

कमल थापाले राप्रपा नेपालको घोषणा गर्दै

काठमाडौं, फागुन ७ : राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आज राप्रपा नेपालको घोषणा गर्न लागेका छन्।

गत महिना उनले राप्रपा छाडेको घोषणा गरेका थिए। त्यसपछि उनी राप्रपा नेपाल पुनर्गठन गर्न थालेका हुन्।

उनी केही दिनअघि राप्रपा नेपालको अध्यक्ष बनेका हुन्। उनले नेतृत्व गरेको राप्रपा नेपाललाई निर्वाचन आयोगले पनि अध्यावधिक गरेको छ।

यससँगै उनले आज साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा गर्न लागेका छन्। नयाँ पार्टीले राजतन्त्रको वकालत नगर्ने भएको छ।

 

प्रकाशित मिति: ०८:५४ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्