Kathmandu Press

अन्तर्राष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग

काठमाडाैं, फागुन ६ : वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तरराष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ।    कोभिड...
अन्तर्राष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग
Hardik ivf

काठमाडाैं, फागुन ६ : वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तरराष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ।
    
कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो। विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको सङ्घको दाबी छ।

'छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलकले  हवाईयात्राका लागि पिसीआर परीक्षणको अनिवार्यता हटाइसकेकाले नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुने गरी पिसीआर परीक्षण र सिसिएमसीको फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाइ पर्यटन उद्योगलाई राहत प्रदान गर्न सङ्घ सरकार समक्ष अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको छ। झण्डै दुई वर्षमा विदेशी पर्यटकको आगमनमा निकै ह्रास आएकाले यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्ति पलायन हुने अवस्था रहेको सङ्घले औँल्याएको छ। मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन्।

प्रकाशित मिति: २०:१७ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्