Kathmandu Press

बालाजु दुर्घटनाका चालक धादिङबाट पक्राउ

काठमाडाैं, फागुन ६ : काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना...
बालाजु दुर्घटनाका चालक धादिङबाट पक्राउ
Hardik ivf

काठमाडाैं, फागुन ६ : काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको सवारीसाधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिए। बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बसको ठक्करबाट काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर भएका उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिए। घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताए।

प्रकाशित मिति: १८:५२ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्