Kathmandu Press

सुन्दर यातायातले आज दिनभर भाडा नलिने

काठमाडौं, असोज  ३ : संविधान दिवसको अवसरमा आज सुन्दर यातयात प्रालिले भाडा नलिने भएको छ।

काठमाडौंको रिंगरोडमा  चलिरहेका विद्युतीय बस....

सुन्दर यातायातले आज दिनभर भाडा नलिने

काठमाडौं, असोज  ३ : संविधान दिवसको अवसरमा आज सुन्दर यातयात प्रालिले भाडा नलिने भएको छ।

काठमाडौंको रिंगरोडमा  चलिरहेका विद्युतीय बसमा निःशुल्क सेवा दिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए। ‘संविधान दिवसको अवसर पारेर छुट दिएका हौं,’ थापाले काठमाडौंप्रेससँग भने।

उनका अनुसार, आज बेलुका ५ बजेसम्म चारवटा बसले निःशुल्क सेवा प्रदान गर्नेछन्।

हालै संचालनमा आएको सुन्दर यातायातले विद्युतीय बस भित्र्याएको छ। अहिले चक्रपथमा सुन्दर यातायातका विद्युतीय बस संचालनमा रहेका छन्।

 

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, असोज ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्