Kathmandu Press

प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य शिविर

मान्म, फागुन ६ : बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला...
प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य शिविर

मान्म, फागुन ६ : बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज  शिविर सञ्चालन गरिएको हो । 

शिविरमा रक्तचाप, मधुमेहलगायत रोगको परीक्षण गरिनुका साथै १२ वर्ष माथिका सबै किशोरकिशोरीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए। 

जिल्ला समन्वय समितिको कार्यालय अगाडिको खुल्ला मञ्चमा शिविर सञ्चालन गरिएको हो । शिविरमा करिब ३०० जनालाई सेवा दिने लक्ष्य रहेको महतले बताए। 

प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्