Kathmandu Press

ज्ञानेन्द्र शाहीलाई राप्रपा केन्द्रीय सदस्यसँगै प्रवक्ताकाे समेत जिम्मेवारी

काठमाडौं, फागुन ६ : मंगलबार सहमति भएर आज (शुक्रबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका अभियन्ता ज्ञानेन्द्र शाही आजै पार्टी केन्द्रीय सदस्य बनाइनुका...
ज्ञानेन्द्र शाहीलाई राप्रपा केन्द्रीय सदस्यसँगै प्रवक्ताकाे समेत जिम्मेवारी

काठमाडौं, फागुन ६ : मंगलबार सहमति भएर आज (शुक्रबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका अभियन्ता ज्ञानेन्द्र शाही आजै पार्टी केन्द्रीय सदस्य बनाइनुका साथै प्रवक्तासमेत तोकिएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले आज उनलाई सो जिम्मेवारी दिएक हुन्। शाही राप्रपाका पाँचौं प्रवक्ता बनेका छन्। यसअघि राप्रपामा चारजना प्रवक्ता ताकिएका छन्। राप्रपामा यसअघि तोकिएका प्रवक्ताहरू भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल हुन्। तीनजना सहप्रवक्तामा पनि राप्रपाले मनोनीत गरिसकेको छ। 

‘पार्टीले सुशासन विभाग बनाउने र त्यसको प्रमुख पनि शाहीलाई बनाउने घोषणा अध्यक्ष लिङ्देनले गरे। 

‘हामी नेपाली हाम्रो नेपाल अभियान’ नामक समूहको नेतृत्व गर्ने अभियन्ता शाही साढे ४ सय जना सहकर्मीलाई लिएर राप्रपामा प्रवेश गरेका हुन्।

शाहीबाहेक अरुलाई पनि जिम्मेवारी दिँदै जाने अध्यक्ष लिङ्देनले बताए।

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्