Kathmandu Press

निर्वाचन आयोग प्रदेश १ काे नारा- निर्वाचनमा : सबै, सधैं र सँगै

विराटनगर, फागुन ६ : आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । प्रदेश निर्वाचन...
निर्वाचन आयोग प्रदेश १ काे नारा- निर्वाचनमा : सबै, सधैं र सँगै

विराटनगर, फागुन ६ : आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । 

प्रदेश निर्वाचन कार्यालय प्रदेश १ द्वारा आज विराटनगरमा छैटौँ निर्वाचन दिवसको सन्दर्भमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो धारणा राखेका हुन्।

Hardik ivf

निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा : सबै, सधैं र सँगै’ प्रमुख नारा तय गरेको छ। निर्वाचन आचारसंहितामा कडाइ गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नुपर्नेमा सहभागीले जोड दिए। 

मतदान केन्द्रका अधिकृतबाट कुनै लापर्बाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनुपर्ने, मतपत्र गन्ती गर्दा ध्यान दिनुपर्ने भन्दै सहभागीले मतदानका लागि मतदातालाई सहज गरिदिनुपर्नेलगायत धारणा राखे।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित तुल्याउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक भएको बताए।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मोरङमा सात लाख १० हजारको हाराहारीमा मतदाता रहेको उल्लेख गर्दै मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिने बताए।

अघिल्लो निर्वाचनमा मोरङमा ७४ दशमलव ९८ प्रतिशत मतदान भएको थियो। मोरङमा १२ दशमलव ३६ प्रतिशत मत बदर भएको उहाँले जानकारी दिए। 

१७ पालिका र १५९ वडा रहेको जिल्लामा अघिल्लो निर्वाचनमा ४ हजार ३५१ उम्मेदवार चुनावी मैदानमा थिए भने निर्वाचित उम्मेदवारको सङ्ख्या ८२९ तथा चुनावमा भाग लिने राजनीतिक दलको सङ्ख्या २० रहेको थियो। 

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्