Kathmandu Press

विश्वकप छनोटमा नेपालको उत्कृष्ट सुरुआत, ओमानविरुद्ध ३९ रनको जित

शुक्रबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ११८ रनको सामान्य लक्ष्य डिफेन्ड गर्दै नेपालले आमानमाथि ३९ रनको सानदार जित निकालेकाे हाे।
विश्वकप छनोटमा नेपालको उत्कृष्ट सुरुआत, ओमानविरुद्ध ३९ रनको जित

काठमाडौं, फागुन ६ : अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। 

शुक्रबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ११८ रनको सामान्य लक्ष्य डिफेन्ड गर्दै नेपालले ओमानमाथि ३९ रनको सानदार जित निकालेकाे हाे।

नेपाललाई शानदार जित दिलाउन नेपाली बलरले उत्कृष्ट बलिङ गरे। नेपाल बलिङमा चम्किएपछि ओमान १७ ओभरमा ७८ रनमात्रै जोडेर अलआउट भयो। ओमानका लागि नसीम खुसीले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालका लागि कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।३ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। यस्तै, कप्तान सन्दीपले ४ ओभरमा २० रन खर्चेर २ तथा दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, जितेन्द्र मुखिया र अविनाश बोहराले पनि १/१ विकेट लिए। 

यसअघि पहिला ब्याटिङ गरेको पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ११७ रनमात्र बनाउन सकेको थियो । नेपालका लागि आरिफ सेखले ३७ बलमा २ चौका प्रहार गर्दै सर्वाधिक ३८ रन बनाए । 

यस्तै, कप्तान सन्दीप लामिछानेले अन्तिममा ७ बलमा आक्रामक ब्याटिङ गर्दै १६ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । यस्तै, लोकेश बलमले १७ बलमा १६ रन बनाउँदा ज्ञानेन्द्र मल्लले १५ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । 

नेपालको इनिङ ध्वस्त बनाउने क्रममा ओमानका खवार लीले ४ ओभरमा ३० रन खर्चँदै ३ विकेट लिए । यस्तै, बिलाल खानले ३ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए ।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्