Kathmandu Press

बैंक तोडफोड गर्ने युवक पक्राउ

नेपालगन्ज, फागुन ६ : बैंक तोडफोड गर्ने एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ का २६ वर्षीय सन्जु विक रहेको प्रहरीले...
बैंक तोडफोड गर्ने युवक पक्राउ

नेपालगन्ज, फागुन ६ : बैंक तोडफोड गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ का २६ वर्षीय सन्जु विक रहेको प्रहरीले जनाएको छ। 

उनी नेपालगन्ज उपमहानगरपालिका–२ स्थित राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरी दराज फोडेर महत्त्वपूर्ण कागजात लिई फरार भएका थिए।

उनी खुकुरीसहित पक्राउ परेको र सो घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्