Kathmandu Press

अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं, फागुन ६ : ‘हामी नेपाली हाम्रो नेपाल अभियान’ नामक समूहको नेतृत्व गर्ने अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका...
अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं, फागुन ६ : ‘हामी नेपाली हाम्रो नेपाल अभियान’ नामक समूहको नेतृत्व गर्ने अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा शाहीलाई स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्। सो अवसरमा लिङदेनले शाहीलाई टीकामाला लगाइदिएर राप्रपाको झन्डा हस्तान्तरण गरेका थिए।

Hardik ivf

शाहीसँग अभियानमा आबद्ध लगभग साढे ४ सयजना राप्रपामा प्रवेश गरेका छन्। कार्यक्रममा राप्रपा र हामी नेपाली हाम्रो नेपाल अभियानबीच एकता भएको घोषणा गरिएको छ।

मंगलबार दुवै पक्षबीचको बैठकले अभियानलाई पार्टीमा समेट्ने निर्णय गरेको थियो। सोही बैठकमा भएको समझदारीपत्रमा राप्रपाका तर्फबाट वार्ता टोली संयोजक तथा महामन्त्री डा. धवलशम्शेर राणा र अभियानका तर्फबाट वार्ता टोली संयोजक विनोद खड्काले हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्