Kathmandu Press

मौलिक समाजवाद स्थापना गर्नु हाम्रो अविभारा : प्रचण्ड

काठमाडौं, असोज ३ः नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संविधान कार्यान्वय गर्दै समाजवाद स्थापना गर्नु आफ्नो अविभारा भएको बताए....

मौलिक समाजवाद स्थापना गर्नु हाम्रो अविभारा : प्रचण्ड
फाइल फोटो

काठमाडौं, असोज ३ः नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संविधान कार्यान्वय गर्दै समाजवाद स्थापना गर्नु आफ्नो अविभारा भएको बताएका छन् । 

संविधान दिवसको सन्देश दिँदै उनले वर्तमान संविधानले प्रष्ट रूपमा समाजवादी व्यवस्थातर्फ मार्ग प्रशस्त गरेको बताउँदै भनेका छन्, ‘नेकपा अध्यक्ष ‘प्रचण्ड’ ले भनेका छन्, ‘हामीले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ । नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो ।’

वर्तमान संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउँदै उनले भनेका छन्, ‘नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, वालीग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको छ ।’

‘प्रचण्ड’ को सन्देशमा भनिएको छ, ‘संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ ।’

वर्तमान संविधानले प्रष्ट –पमा समाजवादी व्यवस्थातर्फ मार्ग प्रशस्त गरेको बताउँदै नेकपा अध्यक्ष ‘प्रचण्ड’ ले भनेका छन्, ‘हामीले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ । नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो ।’

उनले भनेका छन्, ‘जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवासपना केही अराजक तत्वहरुले देख्ने गरेका छन् । जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकताबद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

 

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, असोज ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्