Kathmandu Press

मोरङको लेटाङमा स्वास्थ्यचौकी भवन निर्माण

विराटनगर, फागुन ६ : मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ ।कूल रु दुई करोड ५९ लाखको लागतमा भवन निर्माण...
मोरङको लेटाङमा स्वास्थ्यचौकी भवन निर्माण

विराटनगर, फागुन ६ : मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ ।

कूल रु दुई करोड ५९ लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए । अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
    
सोही नगरपालिकाको वडा नं ५ स्थित १० शैययाको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यावसायीसँग रु नौ करोड ९९ लाख ३६ हजारको लागतमा सम्झौता भई निर्माण कार्य सुरु गरिएको जनाइएको छ। 

Hardik ivf

यसैगरी कृषिउपजलाई  बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नं ४ स्थित कृषि हाटबजार निर्माणको अन्तिम चरणमा पुगेको छ। सो  कार्यका लागि रु तीन करोड २० लाख १६ हजार लागतमा ठेक्का भएको थियो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक रहेको यो नगरपालिकामा कृषकका तरकारी  बजारसम्म पु¥याएर उपभोक्तामाझसम्म लैजान सुविधा हुने नगरपालिकाका प्रमुख शङ्कर राईले बताए।

स्थानीय तहको निर्वाचन पछि हालसम्म २० दशमलव ९३ किमी बाटो नयाँ ट्रयाक निर्माण, ३९ दशमलव ५२ किमी बाटोमा ग्राभेल र १६ दशमलव नौ किमी बाटोमा कालोपत्र, तीन वटा सामुदायिक भवन निर्माण र एक दशमलव पाँच किमी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको पनि प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । 

नगरपालिकाले वडा नं ७ लाई नगरपालिकासँग जोड्ने भुवाखोलामा  पक्की पुल निर्माणका लागि  पाँच करोड ५१ लाख ठेक्का संझौता गरिएको र आगामी जेठ महिनामा निर्माण सम्पन्न भई हस्तान्तरण हुने अवस्थामा रहेको छ । 

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्