Kathmandu Press

संविधान दिवस धुमधामका साथ मनाइँदै

काठमाडौं, असोज ३ : आज संविधान दिवस धुमधामका साथ मनाइँदै छ। यस अवसरमा विविध कार्यक्रम आयोजना गरिएका छन्।

काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम....

संविधान दिवस धुमधामका साथ मनाइँदै
फाइल फोटो

काठमाडौं, असोज ३ : आज संविधान दिवस धुमधामका साथ मनाइँदै छ। यस अवसरमा विविध कार्यक्रम आयोजना गरिएका छन्।

काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपनि नन्दबहादुर पुन सहभागी भएका छन्।

त्यस्तै, टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभागी भएका छन्। कार्यक्रममा विशिष्ट व्यक्ति, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको छ।

यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभपाति शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेर खुशी प्रकट गरेका छन्। उनीहरुले संविधान दिवसका अवसरमा सबैलाई शुभकामना दिएका छन्। 

त्यस्तै संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षले शुभकामना व्यक्त गरेका छन्। बेलायतकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हेले शुभकामना पठाएका छन्।

त्यस्तै, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गरेका छन्।

प्रकाशित मिति: ११:२५ बजे, शुक्रबार, असोज ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्