बेलायतकी महारानीद्वारा संविधान दिवसमा शुभकामना
काठमाडौं, असोज ३ : संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षले शुभकामना व्यक्त गरेका छन्।
उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई....

काठमाडौं, असोज ३ : संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षले शुभकामना व्यक्त गरेका छन्।
उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाली जनतासँगै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।
बेलायतकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हेले शुभकामना पठाएका छन्।
त्यस्तै, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गरेका छन्।











