सदरमुकाम विवादले कर्फ्यू जारी
रुकुम पूर्व, माघ २१ : सदरमुकामका विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि पूर्वि रुकुममा कर्फ्यू जारी गरिएको छ ।
पूर्वि रुकुमको सदरमुकाम रुकुमक....

रुकुम पूर्व, माघ २१ : सदरमुकामका विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि पूर्वि रुकुममा कर्फ्यू जारी गरिएको छ ।
पूर्वि रुकुमको सदरमुकाम रुकुमकोटमा आईतबार साँझ ७ बजेदेखि कर्फ्यू लगाइएको हो । अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आ–आफ्नो ठाउँमा सदरमुकाम हुनु पर्ने माग गरि रुकुमकोट र गोलखाडीका बासिन्दा आन्दोलनमा छन् । उनीहरुले केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
जुलुस, सभा तथा प्रदर्शन गर्न÷गराउँन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हुँदै रुमालबारासम्म कर्फ्यू लगाइएको हो ।
गत वर्ष माघ ११ मा सरकारले पुथा उत्तरगंगा गाउँपालिका–१२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । एक वर्षसम्म फैसला भएको छै । जसका कारण रुकुम पूर्वमा आन्दोलन शुरु भएको हो ।











