Kathmandu Press

नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, फागुन ६ : आईसीसी टी २० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । छनोटमा नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ...
नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, फागुन ६ : आईसीसी टी २० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । 

छनोटमा नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । 

आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । दुई समूहबाट शीर्ष दुई र दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । 

ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन् । नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपाल टी–२० वरीयतामा १३ औँ स्थानमा छ । 

नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो । नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ ।

प्रकाशित मिति: ०८:०६ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्