Kathmandu Press

नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं, फागुन ६ : यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लिगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेलेका छन् ।स्पेनिस क्लब...
नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं, फागुन ६ : यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लिगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेलेका छन् ।

स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो । 

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १ १को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्