विप्लव कार्यकर्ताद्वारा नगरपालिका कार्यालयमा बम विस्फोट
अछाम, असोज ३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अछामको कमलबजार नगरपालिकामा बम विस्फोट गराएका छन्।
उनीहरु....
अछाम, असोज ३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अछामको कमलबजार नगरपालिकामा बम विस्फोट गराएका छन्।
उनीहरुले गएराति पौने १ बजे नगरपालिका कार्यालयमा प्रेसरकुकर बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।
तार जोडेर करीब एक मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ। प्रहरीले विस्फोट गराउने व्यक्तिहरुको खोजी गरिरहेको छ।
नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए।
नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि स्थानीय वासिन्दा र कर्मचारी त्रसित बनेका छन्।
यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी गोली प्रहार गरिएको थियो।






