Kathmandu Press

मन्त्री खतिवडा र बेलायती राजदूत पोलिट भेट, २१ लाख मात्रा खोप हस्तान्तरण

काठमाडाैं, फागुन ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन। आज मन्त्रालयमा भएको भेटमा...
मन्त्री खतिवडा र बेलायती राजदूत पोलिट भेट, २१ लाख मात्रा खोप हस्तान्तरण

काठमाडाैं, फागुन ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन। आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण  गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे।

'विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु,' मन्त्री खतिवडाले भने।

Hardik ivf

नेपालको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए। सन् २००४ देखि नै नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनका लागि बेलायत सरकारले गरेको योगदानको समेत मन्त्री खतिवडाले स्मरण गरे। राजदूत पोलिटले जिज्ञासाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवातर्फका सचिव डा रोशन पोखरेलले थप प्रष्ट पारेका थिए।

२१ लाख मात्रा खोप हस्तान्तरण

सोही अवसरमा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख मात्रा खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका थिए। भेटघाट कार्यक्रममा सचिव पोखरेल, प्रवक्ता डा सङ्गीता मिश्रालगायतका मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो।

प्रकाशित मिति: १९:५५ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्