Kathmandu Press

रुस–युक्रेनबीच तनाव अन्त्यको माग गर्दै राष्ट्रसङ्घ कार्यालय अगाडि प्रदर्शन

रुस–युक्रेनबीच तनाव अन्त्यको माग गर्दै राष्ट्रसङ्घ कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ, फागुन ५ : रुस–युक्रेनबीच तनाव अन्त्य गराउन संयुक्त राष्ट्रसङ्घको विशेष पहल माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ। पुल्चोकस्थित राष्ट्रसङ्घीय कार्यालय अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीले युद्ध टार्न र शान्ति प्रवद्र्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदासर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए।

प्रदर्शनपछि रुस–युक्रेनबीच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्नका लागि संयुक्त राष्ट्रसङ्घले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो। शान्ति कायम गराउन माग गर्दै समाजका तर्फबाट राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसङ्घ कार्यालयमा हस्तान्तरण गरिएको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिए।

Hardik ivf

प्रदर्शनमा समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव बराल, सचिव मीना ढकाल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणि बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङ्देन, काठमाडाैं शाखा कार्यवाहक सभापति भगवान् पुडासैनी, ललितपुर शाखा सभापति सन्जोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाडौँ शाखा पूर्वसभापति ईश्वर पुडासैनीलगायत दुई दर्जन शान्तिवादीको सहभागिता थियो।

‘युद्ध निषेध : शान्ति विशेष’ भन्ने आह्वानसहित युद्धको विरोध र शान्तिका पक्षमा निरन्तर अभियानरत शान्ति समाजले रुस–युक्रेनबीच युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्नुपर्नेमा जोड दिँदै माघ महिनामा रुपन्देही, काठमाडाैं, दाङ, चितवन र पाल्पामा प्रदर्शन गरिसकेको छ।

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्