Kathmandu Press

विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

काठमाडौं, फागुन ५ : झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ...
विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

काठमाडौं, फागुन ५ : झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका २ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कन्काई नगरपालिका ३ ठेगाना भएका ४१ वर्षीय भिष्म थापा, दमक नगरपालिका ९ चियादोकान चोक ठेगाना भएका ५० वर्षीया देवी बास्कोटा (गुरागाई), कन्काई नगरपालिका ३ ठेगाना भएका ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका १ ठेगाना भएका ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगञ्ज गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका ५ ठेगाना भएका ३३ वर्षीय प्रदिप थापा, गौरीगञ्ज गाउँपालिका ३ ठेगाना भएका ४५ वर्षीय विजय कुमार दास हलुवाइ र संखुवासभा खाँदवारी नगरपालिका १० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने २९ वर्षीय मनमोहन दाहाल रहेका छन् । 

Hardik ivf

विर्तामोड नगरपालिका ४ स्थित पश्चिम बस स्टेण्डमा गत माघ ९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र “हिमाल सुरक्षा परिषद” नामको पर्चाहरु फेला परेको तथा माघ १३ गते दमक नगरपालिका ५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु र पर्चाहरु फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संग्लग्न उनीहरुलाई विभिन्न कागजात तथा ६ थान मोबाइल सहित पक्राउ गरेको हो ।

उनीहरु उपर विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्