चार सय किलो गाँजासहित उदयपुरमा तीनजना पक्राउ
उदयपुर, फागुन ५ : उदयपुर प्रहरीले बेलका नगरपालिका–८ सिरुवानीबाट ठुलो परिमाणको गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बेलका नगरपालिका-८ का २७ वर्षीय गोकुल...
उदयपुर, फागुन ५ : उदयपुर प्रहरीले बेलका नगरपालिका–८ सिरुवानीबाट ठुलो परिमाणको गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलका नगरपालिका-८ का २७ वर्षीय गोकुल राई वडा ७ का २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का २३ वर्षीय मनीष धामी छन्।
बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए।
को१ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ बोरा गाँजा लिएर हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको हो। प्रतिबन्धित गाँजा ओसारपसारमा संग्लन पिकअप चालक गोकुल राई स्वयं सवारी धनी रहेको बोहोराले बताए।
उनिहरूका साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाका साथै सामसुङ्ग कम्पनीको एक थान, रेडमी कम्पनीको दुई थान र नोकिया कम्पनीको एक थान गरी चार थान मोवायल समेत बरामद गरेको छ। गाडीसहित फेला परेका तीनैजनाविरुद्ध लागुऔषध ऐन, २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।











![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)
