नक्कली नोटसहित काठमाडौंमा चारजना पक्राउ
काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु. १ हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन्। राजधानीको...
काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु. १ हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन्।
राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका-१२ का पृथ्वीप्रसाद साह र सोही नगरपालिका-९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका-३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका-६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
यसैगरी काठमाडौं महानगरपालिका-१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका-५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन्।
प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












