काठमाडौं उपत्यकामा थप १४३ जनामा कोरोना संक्रमण
काठमाडौं, फागुन ५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ११६, ललतिपुरमा १८ र भक्तपुरमा ९...
काठमाडौं, फागुन ५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ११६, ललतिपुरमा १८ र भक्तपुरमा ९ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर भने कुल ५७० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा कुल ६ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३ हजार ४७३, ललितपुरमा २ हजार १८४ र भक्तपुरमा ८९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर १६ हजार ६ सय १६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












