Kathmandu Press

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

स्याङ्जा, फागुन ५ : ज्यान मार्ने उद्योग र चोरी मुद्दाका एकजना फरार २० वर्षपछि स्याङ्जाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिका-५ बस्ने...
ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

स्याङ्जा, फागुन ५ : ज्यान मार्ने उद्योग र चोरी मुद्दाका एकजना फरार २० वर्षपछि स्याङ्जाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिका-५ बस्ने शंकर सुवेदी रहेको प्रहरीले जनाएको छ।   

सुवेदीले २०५३ जेठ २ गते स्याङ्जाको आँधिखोला-५ बस्ने बल बहादुर बोगटीलाई बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसासमेत चोरी गरेका थिए। सोही घटनाका सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई सम्मानित पुनरावेदन अदालत पोखराले २०५८ जेठ २ गते पाँच वर्ष कैद तोके पनि उनी फरार थिए।

उनलाई गाँउघरमा लुकीछिपी बसेको अवस्थामा २० वर्ष १० महिना ३ दिनपछि हिजाे (बुधबार) जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरी अधिकृतसहितको टोलीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार सुवेदीलाई आवश्यक कारबाहीका लागि आज (बिहीबार) अदालतसमक्ष पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्