Kathmandu Press

च्याम्पियन्स लिग : लिभरपुल विजयी, बायर्न बराबरीमा रोकियो 

काठमाडौं, फागुन ५ : च्यम्पियन्स लिग फुटबलमा लिभरपुल विजयी भएको छ। गएराती भएको खेलमा लिभरपुलले इन्टरमिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा रोबर्ट...
च्याम्पियन्स लिग : लिभरपुल विजयी, बायर्न बराबरीमा रोकियो 

काठमाडौं, फागुन ५ : च्यम्पियन्स लिग फुटबलमा लिभरपुल विजयी भएको छ। गएराती भएको खेलमा लिभरपुलले इन्टरमिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो। 

लिभरपुलको जितमा रोबर्ट फिर्मिन्हो र मोहम्मद सलाहले एकएक गोल गरे। पहिलो हाफ गोलरहित भएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो। दोस्रो हाफको ७५ औं मिनेटमा लिभरपुलका रोबर्ट फिर्मिन्होले सुरुवाती गोल गरे। लगत्तै ८३ औं मिनेटमा सलाहले गरेको गोल निर्णायक साबित भएको हो। 
 
बुधबार नै भएको अर्को खेलमा वायर्न म्युनिख बराबरीमा रोकिएको छ। आरबी साल्जबर्गसँग बायर्नले १–१ को बराबरी खेल्दै अंक बाँढेको हो । साल्जबर्गको घरेलु मैदानमा भएको खेलको २१ औं मिनेटमा चकुबिके एडामुले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

बायर्नले गोलका लागि पटकपटक प्रयास गरेपनि असफल भएको थियो। पहिलो हाफमा १–० गोलले पछि परेको बायर्न दोस्रो हाफमको अन्तिम समयमा गोल गर्न सफल भएको थियो।

खेलको ९० औं मिनेटमा किंग्सलि कोमनले गोल गर्दै वायर्नलाई हारबाट जोगाएका थिए।  

प्रकाशित मिति: १०:१५ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्