Kathmandu Press

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

महाेत्तरी, फागुन ४ : महोत्तरी जिल्लाको सागरनाथ वनमा आज दिउँसो हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका...
हत्या गरिएको अवस्थामा महिलाको शव बरामद
Hardik ivf

महाेत्तरी, फागुन ४ : महोत्तरी जिल्लाको सागरनाथ वनमा आज दिउँसो हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिका–१२ मा रहेको सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेल्वे लिकभन्दा ५०० मिटर दक्षिणतर्फ जङ्गल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
    
नाम, थर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षीया गर्भवती, घाँटीमा निलडाम रहेको ती महिलालाई हत्यापछि जङ्गलमा फालिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ भने शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ। साथै उक्त महिला को रहेको र कसरी उनको शव जङ्गलमा आएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत सुरु गरिसकेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

प्रकाशित मिति: २०:३७ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्