‘ए’ डिभिजन लिगमा थ्रीस्टार र पुलिसले अंक बाँडे

काठमाडौं, फागुन ४ : सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत ११औं चरणको खेलमा थ्रीस्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारले अग्रता जोगाउन नसक्दा पुलिससँग १–१ गोलको बराबरी खेलेसँगै अंक बाँडेका हुन् । १८ औं मिनेटमा अन्सुमाना क्रोमाहको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरे ।
२१औं मिनेटमा ऋतिककुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए। ५३औं मिनेटमा पेनाल्टी बक्सबाहिर कप्तान अशोक खवासले ह्यान्ड गरेपछि तेज तामाङको फ्रिकिकमा सुमन सुवेदीले हेडरमार्फत् गोल गरे।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन। यो बराबरीसँगै थ्रीस्टार ११ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । पुलिस ११ अंका जोडेर १०औं स्थानमा यथावत् छ ।
प्रकाशित मिति: २०:३३ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











