Kathmandu Press

आज कांग्रेसले देशभर प्रदर्शन गर्दै

काठमाडौं, माघ २१ : आज कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्न लागेको छ । दिउसो १२ बजे देशभरका जिल्ला सदरमुकाममा प्रदर्शन गर्न लागिएको हो ।

....
आज कांग्रेसले देशभर प्रदर्शन गर्दै
फाइल फोटो

काठमाडौं, माघ २१ : आज कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्न लागेको छ । दिउसो १२ बजे देशभरका जिल्ला सदरमुकाममा प्रदर्शन गर्न लागिएको हो ।

भ्रष्टाचार, महंगी बढ्दै गएको र सरकार जवाफदेही नबनेको निष्कर्ष निकाल्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सरकारले ‘जनविरोधि निर्णय’ गरिरहेको आरोप लगाउँदै प्रवक्ता शर्माले भने, ‘‘सरकारविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गर्दैछौं ।”

यो प्रदर्शनका लागि कांग्रेसले केन्द्रीय सदस्यहरुलाई सबै जिल्लामा खटाएको छ । जिल्ला सदरमुकाममा हुने प्रदर्शनमा केन्द्रीय नेताहरुले सहभागिता रहने कांग्रेसले जनाएको छ ।

काठमाडौंमा पनि कांग्रेसले आज दिउसो १२ः१५ बजे प्रदर्शन गर्दै छ । ललितपुरको लगनखेलबाट प्रदर्शन शुरु हुने कांग्रेसले जनाएको छ । कांग्रेस शीर्षनेताहरुको सहभागिता रहने भएको छ ।

यस अघि डा.गोविन्द केसीसँग भएको सहमति विपरित सरकारले बलजफ्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेकय ल्याएपछि कांग्रेस प्रदर्शनमा उत्रिने बाध्य भएको हो । यससँगै यो प्रदर्शनमा वाइडबडी खरिद प्रकरणलाई पनि कांग्रेसले देशव्यापी रुपमा उठाउने भएको छ ।

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, माघ २१, २०७५