Kathmandu Press

एमसीसीकाे विराेधमा उत्रिएका राप्रपाका दर्जनभन्दा बढी नेता पक्राउ

काठमाडाैं, फागुन, ४ : अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका...
एमसीसीकाे विराेधमा उत्रिएका राप्रपाका दर्जनभन्दा बढी नेता पक्राउ

काठमाडाैं, फागुन, ४ : अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।

काठमाडाैंकाे नयाँ बानेश्वरमा राप्रपाकाे विभिन्न २१ भातृ संगठनहरूले गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको भन्दै राप्रपाले कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्सर्नासमेत गरेको छ।

Hardik ivf

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तामाथिको दमन संविधान प्रदत्त अधिकारको खिलाफमा भएकाे उललेख गरिएकाे छ।

प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाइ अध्यक्ष सुसन पुलामी मगरसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्रशासनबाट भएको अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास र पानीको फोहराको प्रयोगबाट धेरै नेता, कार्यकर्ता घाइते भएका छन्।

प्रकाशित मिति: १९:११ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्